FAQs Complain Problems

समाचार

नेपालको पहिलो पर्यटन गाउँ सिरुवारीबाट बिहानको समयमा देखिने दृष्य।

Read More

बाङ्सिङबाट देखिने माछापुच्छ्रे हिमालको दृष्य।

Read More

आँधिखोला गाउँपालिकाको संक्षिप्त परिचय

आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ।

भौगोलिक अवस्थिति

अवस्थितिः समुन्द्र सतहदेखी करीब २५१२ मि., क्षेत्रफलः ६९.६१ वर्ग कि.मी. ।    

गाउँपालिकाको सिमाना

पूर्व: पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिका ।

पश्चिम: अर्जुनचौपारी गाउँपालिका, फलेबास नगरपालिका र कुश्मा नगरपालिका । 

उत्तर: फेदीखोला गाउँपालिका, कुश्मा नगरपालिका र पोखरा महानगरपालिका ।

दक्षिण: अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका ।

राजनैतिक एवं प्रशासनिक विभाजन

प्रदेश: गण्डकी, जिल्ला: स्याङ्जा, केन्द्र: सुनाटारी।

वडाहरु: पञ्चमूल, चिलाउनेबास, बिचारीचौतारा, बाङसिङ, सेतीदोभान, फापरथुम।

साविक गाविसहरु: फापरथुम, सेतीदोभान, बाङसिङ देउराली, बिचारीचौतारा, चिलाउनेबास र पञ्चमूलको  साविकको ७ र ३ नं. वडा बाहेकको क्षेत्र।

टोल संख्या:  ५४ वटा, नागरिक सचेतना केन्द्र: १२ वटा।

गाउँपालिका घोषणा मितिः २०७३/११/२७, गाउँपालिका कार्यालय स्थापना मिति: २०७३/११/३०

जनसंख्या विवरण

कूल जनसंख्याः २५५५४ (घरधुरी सर्वेक्षण २०७४ अनुसार)

पुरुष: १३२३५, महिला: १२३१९, घरपरिवार संख्या: ४०७०

वडा कार्यालयहरु

वडा नं. १: पञ्चमूल

वडा नं. २: चिलाउनेबास

वडा नं. ३: बिचारीचौतारा

वडा नं. ४: बाङसिङ देउराली

वडा नं. ५: सेतीदोभान

वडा नं. ६: फापरथुम

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५६०५०१८०/९८५६००५६००
उपाध्यक्ष
९८४६०७१४७०

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५६००५६०९

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रचलित कानुन अनुसार
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /पंजिकरण शाखा /सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यक्तिको निवेदन
  • नागरिकताको प्रतिलिपि
  • पतिको मृत्यु दर्ता(विधवाको हकमा)
  • पति संगको नाता प्रमाणित पत्र
  • सम्वन्ध विच्छेदको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्र
  • बसाइ सराइ
  • ३ प्रति पासपोर्ट साइजको फोटो,
  • एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन
  • मुचुल्का
  • अपांग परिचय पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- चौमासिक
जिम्मेवार अधिकारीः- लेखा शाखा /पंजिकरण शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • वडाको निकासा माग पत्र
  • भरपाई
  • अनलाईन इन्ट्रि विवरण

 

 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- पान र VAT मा सिफारिस पान रु.३००।- VAT रु.५००।-
आवश्यक कागजातहरुः-
  • दर्ता सिफारिस
  • कृषक / पशु समुहको विधान
  • समुहको निर्णयको फोटोकपि 
  • समूहको सदस्यहरुको ना.प्र. को प्रतिलिपि
  • निवेदन र प्रगति प्रतिवेदन
  • वडा कार्यालय वा सेवा केन्द्रको सिफारिस
  • वडा कार्यालयमा कृषकको पेशागत विवरण

 

 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणको लागि अघिल्लो आ.व.मा भूमिकर तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको भूमिकर तथा सम्पत्ति कर  नवीकरण बुक
  • सम्पत्ति कर तिरेको प्रमाण

 

 

सेवा प्रकारः- प्राविधिक
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निवेदन शुल्क: रू.५००Ӏ-, प्रति वर्ग फिट भुमिगत,भई पहिलो,दोश्रो,तेस्रो र तेस्रो तल्ला भन्दा माथिको क्रमश रु ४,४,५,६,८ र कच्ची तथा माटोको प्रति वर्ग फिट रु.२Ӏ- सिमेन्टको जोडाईमा इट्टा वा ढुङ्गाँको प्रति वर्ग फिट रु.३।-
आवश्यक कागजातहरुः-
  • ना.प्र.को प्रतिलिपि
  • लालपुर्जाको प्रतिलिपि
  • भूमिकर तथा सम्पत्ति कर  तिरेको रसिद

 

 

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- वि.नि को प्रतिवेदन प्राप्त भएपछि र कार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारीः- शिक्षा शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन वमोजिम तह अनुसार फरक फरक हुनेछ
आवश्यक कागजातहरुः-
  • शिक्षा नियमावली अनुसूची-१ वमोजिमको निवेदन
  • शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि
  • प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
  • वि.व्य.स को निर्णय
  • शिक्षा ऐन र नियमावली अनुसारका आवश्यक कागजातहरु

 

 

 

 

 

 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ ।
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • कर चुक्ता प्रमाणपत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता को प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • बहाल सम्झौताको प्रतिलिपी
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर  र घरजग्गा कर तिरेको रसिद
  • कर चुक्ता प्रमाणपत्र
  • २ प्रति फोटो
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ ।
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रति फोटो
  • घर बहाल सम्झौता
  • आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर  र घरजग्गा कर तिरेको रसिद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • वडाको सिफारिस

 

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- सहकारीको वर्गीकरण अनुसार फरक-फरक हुनेछ ।
आवश्यक कागजातहरुः-
  • सहकारी संस्थाको स्वीकृत विनियम र कार्य योजना
  • सहकारी संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन
  • सदस्यलिन स्वीकार गरेको शेयर संख्या र रकम विवरण
  • प्रथम र दोस्रो प्रारम्भिक भेलाको निर्णय
  • अधिकार प्रत्यायोजन फारम
  • स्वघोषणा पत्र
  • तमसुक भरपाई
  • समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण
  • संस्था दर्ता प्रमाणपत्रको नमुना
  • सेयर दर्ता कितावको नमुना
  • आवेदकको विवरण फारम
  • संस्था दर्ताको पत्र

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन / बुझ्नुपर्ने रिपोर्ट भएपछि ३ – ५ दिन लाग्ने
जिम्मेवार अधिकारीः- प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.५००Ӏ-
आवश्यक कागजातहरुः-

दर्ताको लागी

१) संस्थाको विधान

२) वडाको सिफारिस

३) ना.प्र.को प्रतिलिपि

४) कर चुक्ताको प्रमाण पत्र

५) वार्षिक प्रगति विवरण

६) लेखा परिक्षण प्रतिवेदन

 

जानकारी