FAQs Complain Problems

सूचना तथा समाचार

आँधीखोला गाउँपालिकाद्वारा ५०% अनुदानमा प्लास्टिक टनेल वितरण सम्बन्धी सूचना

आँधीखोला गाउँपालिकाको आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा  प्लास्टिक टनेल वितरण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक गाउँपालिका बासी कृषकहरुलाई २०७८ बैशाख १० गते भित्र गाउँपालिकाको कृषि शाखामा वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।

आँधीखोला गाउँपालिकाको ५०% अनुदानमा सुन्तला, कागतीको बिरुवाको लागि निवेदन दिने सम्बन्धी सूचना

आँधीखोला गाउँपालिकाको आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा फलफुलका बिरुवा  वितरण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक गाउँपालिका बासी कृषकहरुलाई २०७८ बैशाख १० गते भित्र गाउँपालिकाको कृषि शाखामा वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।

आँधीखोला गाउँपालिकाद्वारा ५०% अनुदानमा धानको बीउ वितरण सम्बन्धी सूचना

आँधीखोला गाउँपालिकाको आ.व. २०७७।७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्ने कार्यक्रम रहेकोले इच्छुक कृषकहरुलाई बैशाख ५ गतेभित्र कृषि शाखा वा सम्बन्धित वडा कार्यलयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

Pages