FAQs Complain Problems

समाचार

आँधिखोला गाउँपालिकाको संक्षिप्त परिचय

आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ ।

भौगोलिक अवस्थिति

अवस्थितिः समुन्द्र सतहदेखी करीब २५१२ मि. सम्मको (पन्चासे लेक) उचाईमा फैलिएको ।    

क्षेत्रफलः ६९.६१ वर्ग कि.मी.

गाउँपालिकाको सिमाना

पूर्व: पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिका ।

पश्चिम: अर्जुनचौपारी गाउँपालिका र पर्वत जिल्लाको फलेबास नगरपालिका र कुश्मा नगरपालिका । 

उत्तर: फेदीखोला गाउँपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका र कास्की जिल्लाको पोखरा महानगरपालिका ।

दक्षिण: अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका ।

राजनैतिक एवं प्रशासनिक विभाजन

प्रदेश: गण्डकी, जिल्ला: स्याङ्जा

केन्द्र: सुनाटारी, जम्मा वडा संख्या:  ६ वटा

साविक गाविसहरु: फापरथुम, सेतीदोभान, बाङसिङ देउराली, बिचारीचौतारा, चिलाउनेबास र पञ्चमूलको  साविकको ७ र ३ नं. वडा बाहेकको क्षेत्र ।

टोल संख्या:  ५४ वटा, नागरिक सचेतना केन्द्र: १२ वटा

गाउँपालिका घोषणा मितिः २०७३/११/२७, गाउँपालिका कार्यालय स्थापना मिति: २०७३/११/३०

जनसंख्या विवरण

कूल जनसंख्याः २५५५४ (घरधुरी सर्वेक्षण २०७४ अनुसार)

पुरुष: १३२३५, महिला: १२३१९, घरपरिवार संख्या: ४०७०

वडा कार्यालयहरु

वडा नं. १: पञ्चमूल

वडा नं. २: चिलाउनेबास

वडा नं. ३: बिचारीचौतारा

वडा नं. ४: बाङसिङ देउराली

वडा नं. ५: सेतीदोभान

वडा नं. ६: फापरथुम

शैक्षिक संस्थाको विवरण

सरकारी विद्यालय: ३९ (माध्यामिक विद्यालय: ११, निम्न माध्यामिक विद्यालय: ३, प्राथामिक विद्यालय: २५)

निजी विध्यालय: २, क्याम्पस संख्या: २

धार्मिक विद्यालय: १(वेद विद्याश्रम), वाल विकास केन्द्र: ६

सरकारी कार्यालयहरू

प्राथामिक स्वास्थ्य केन्द्र: पञ्चमूल

प्रहरी चौकी: सेतीदोभान, चिलाउनेबास र पञ्चमूल

इलाका बन कार्यालय: सेतीदोभान

इलाका हुलाक कार्यालय: सेतीदोभान र पञ्चमूल 

कृषि सेवा केन्द्र: सेतीदोभान

पशु स्वास्थ्य केन्द्र: सेतीदोभान, वाङसिङ र पञ्चमूल

स्वास्थ्य चौकी: फापरथुम, सेतीदोभान, वाङसिङ, बिचारीचौतारा  र चिलाउनेबास

सामुदायिक सेवा केन्द्रहरू

आँधीखोला सामुदायिक अस्पताल सेतीदोभान ।