FAQs Complain Problems

समाचार

पाँच करोड ६४ लाख लागतमा आँधीखोला गाउँपालिकाको प्रशासकिय भवन बन्ने

भवन उद्घाटनमा बोल्दै गाउपालिका अध्यक्ष सुधिर पौडेल

स्याङ्जाको आँधीखोला गाउँपालिकाको सुविधासम्पन्न र आधुनिक प्रमुख प्रशासनीक भवन बन्ने भएको छ ।गाउँपालिकाको वडा नं ५ स्थित कृषिमा निर्माण गर्न लागिएको भवनको आज गण्डकी प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।पाँच करोड ६४ लाख लागतमा वि.सं. २०७८ जेठ १० गतेभित्रमा भवन निर्माण गरिसक्ने गरी देव एण्ड सायर कार्वन जेभी काठमाण्डौसँग गत जेठ १० गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले जानकारी दिए ।

तीन तलाको ३३ कोठाको भवन निर्माण सम्पन्न भएपछि सुविधा सम्पन्न भवनबाट सहज रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने अध्यक्ष पौडेलको भनाई छ । भवन शिलान्यास गर्दै सांसद गुरुङले देशमा अहिले विकासको क्रम शुरु भएको बताए । उनले तोकिएकै मितिभित्रमा भवन निर्माण सम्पन्न भएर जनताले सहज सुविधा पाउने विश्वास समेत व्यक्त गरे ।कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले जनताले सडक, भवन तथा खानेपानी लगायतका पूर्वाधार निर्माण गरेर जनताले नजिकबाट विकासको अनुभूति पाउने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे(पारस), नेपाली काँगे्रसका कार्यवाहक सभापति कुमार, राना, संघीय समाजबादीका ख्यामनाराय ढकाल, गाउँपालिकाका इन्जिीनियर प्रकाश पौडेल लगायतले समयमै भवन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

आर्थिक वर्ष: