आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
समाचार
आँधीखोला गाउँपालिकामा माटो सप्ताह सम्पन्न
"माटोको ह्रास, जिवनको नाश" भन्ने नाराका साथ "माटो तथा मल परिक्षण प्रयोगशाला", गण्डकी प्रदेश, पोखराको आयोजना, आँधीखोला गाउँपालिकाको सह-आयोजना र बाङ्सिङ पोखरा एकता समाजको समन्वयमा सेतिदोभान कृषिमा "माटो सप्ताह २०७६" सम्पन्न भएको छ । माघ २३ गते देखी २८ गते सम्म सञ्चालन भएको कार्यक्रममा ३०४ जना कृषकले आफ्नो खेत तथा बारीको माटो परिक्षण गरेका थिए । नाइट्रोजन, फोस्फोरस, पोटासियम र माटोको अम्लियपना जाचिएको छ, त्यसै गरी माटो परिक्षण गराएका कृषकलाइ आफ्नो बारीमा के-कस्तो अन्न बालि लगाउन उपयुक्त हुन्छ भनेर सुझाव समेत नतिजा सगँ उपलब्ध गराइएको थियो ।
माटो परिक्षण सप्ताहमा नमुना लिएर आउने अधिकांस कृषकको माटो अम्लिय रहेको शिविरमा खट्नुभएका अधिकारीले बताउनुभयो । साथै आँधिखोला गाउँपालिकाले ५० % अनुदानमा कृषि सामाग्री वितरण गर्ने लगायतका अन्य कार्यक्रमहरु पनि अगाडि बढाइरहेको छ ।