आँधिखोला गाउँपालिकाको चौंथो गाउँसभा मिति २०७५ साल फागुन ६ र ७ गते सम्पन्न भएको छ। आँधिखोला गाउँपालिका अन्तरगतका शिक्षा ऐन, स्वास्थ्य ऐन, सहकारी ऐन, कृषि ऐन, पशु स्वास्थय ऐन, पूर्वाधार विकास ऐन, विपद् व्यवस्थापन ऐन र आर्थिक ऐन प्रथम संसोधन यस गाउँसभाबाट पारित भएका छन।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।