आँधिखोला गाउँपालिकाको पाँचौं गाउँसभा मिति २०७६/०३/१० गते सम्पन्न भयो । यस गाउँ सभाबाट आँधिखोला गाउँपालिकाको आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रम, आ.ब. २०७६/०७७ को बजेट तथा कार्यक्रम, विनियोजन ऐन २०७६, आर्थिक ऐन २०७६, न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७६ र संस्था दर्ता ऐन २०७६ पारित भयो ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।