आँधीखोला गाउँपालिकाको आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक गाउँपालिका बासी कृषकहरुलाई २०७८ बैशाख १० गते भित्र गाउँपालिकाको कृषि शाखामा वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।